Friday, 24 August 2018

डिसहोम अब सित्तैमा ! हाल्ने हैन ?

डिसहोमले उपभोक्ताहरु माझ 'डिसहोम फ्री अफर' ल्याएको छ । एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्ताहरु माझ 'डिसहोम फ्री अफर' योजना ल्याएको हो । 
यस योजना अन्तर्गत ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना २०७५ भाद्र १ गते सुरु भई सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ।  
नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेशन नीतिले ग्राहकई सजिलै गुणस्तरीय डिसहोमको सेवा प्रदान गर्नर सर्वसाधारणलाईसमेत यो सेवामा आकर्षित गर्न योजना लागू गरिएको डिसहोमले जनाएको छ ।
डिसहोमको जडान उपकरण फ्रीमा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने कम्पनीको विश्वास छ । सेटअप बक्सबिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ । 
सन् २००९ मा स्थापित डिसहोम २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण ग्राहकमाझ चर्चामा छ । 



डिसहोम केही समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यस कम्पनीले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। 

No comments:

Post a Comment

Number 1 quality अब सस्तो मुल्यमा !

Number 1 quality अब सस्तो मुल्यमा ! डिशहोमका मासिक प्याकेजहरु अब बजारमै सबैभन्दा कम शुल्कमा ! हेर्नुहोस् कुनै पनि प्याकेज तपाईंले चाहेको म...